इटहरी : सुनसरी जिल्लालाई सीमा क्षेत्र कायम गरी जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
आदेश अनुसार कर्फ्यु अवधिभर जिल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउजस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
तर अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूको आवागमन भने सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन हुने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।














Discussion about this post