विराटनगर : विभिन्न समूहले आफ्ना माग राख्दै विराटनगर महानगरलगायत मोरङका विभिन्न स्थानमा आन्दोलन र प्रदर्शन जारी रहँदा हिंसात्मक गतिविधि भड्किन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय, मोरङले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बुधबार साँझ ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यु लागू हुने आदेश जारी गरेका हुन्।
प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु अवधिमा दमकल, एम्बुलेन्स, शव वाहन र स्वास्थ्यकर्मी सवार सवारीबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाउनेछ। त्यस्तै सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्ण रूपमा प्रतिबन्धित हुने जनाइएको छ।
आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।














Discussion about this post