इटहरी : गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर शोक बिदा दिइएको छ ।
आन्दोलनका क्रममा देशभर कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो ।
उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते (आज) राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।














Discussion about this post