उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रवार उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवाका देवनारायण चौधरीको घर अगाडि पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ तत्काल खोजतलाशमा खटिएको प्रहरी टोलीले त्रियुगा १३ फूलजोर स्थितबाट ट्याक्टर र ट्याक्टर चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुको चौदण्डिगढी नगरपालिका ७ का २४ वर्षीय सुदीप चौधरी, चौदण्डिगढी ५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दन कुमार चौधरी रहेका छन् ।
उनीहरूले प्रयोग गरेको बा ६३ प ५४७५ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post