सखुवाको अवैध काठसहित उदयपुरमा एक काठ तस्कर र ट्याक्टर पक्राउ गरिएको छ । उदयपुरगढी नगरपालिका–५ बाट अवैध रुपमा ल्याउदै गरेको सखुवाको चिरान र गोली काठसहित तस्कर र ट्याक्टरलाइ पक्राउ गरिएको हो ।
अवैध रुपमा सखुवाको काठ आउदैछ छ भन्ने गोप्य सुचनाको आधारमा उदयपुरगढी प्रहरी चौकीबाट खटेका प्रहरी टोलीले ना ७ त ६४१२ नम्बरको ट्याक्टरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा हिजो राती काठसहित काठ तस्कर उदयपुरगढीका ४२ वर्षीय पुष्कर भण्डारी र ट्याक्टर चालक ३० वर्षीय अनिल रोक्कालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टरमा सखुवाको चिरान गरेको ७।८ फिट लम्बाई र ४।३ फिट चौडाई भएको १२ वटा, ७।८ फिट लम्बाई र ४।१ फिट चौडाई भएको ५० वटा र विभिन्न साईजको १२ थान पुरानो गोलियाकाले छोपोको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
काठसहित पक्राउ परेको दुवै जनालाई थप अनुसन्धान गरी आवश्यक कार्बाहिको लागी डिभिजन वन कार्यालय कटारी पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।















Discussion about this post