इटहरी : सुनसरीको झुम्का कारागारबाट बाहिर निस्किएका कैदीबन्दीलाई १० दिनभित्र आत्मसमर्पण गर्न प्रशासनले आग्रह गरेको छ ।
आगामी असोज २० गते सोमबारसम्म नजिकैको कारागार कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको हो ।
प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र आत्मसमर्पण नगरे कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानूनी कारबाही हुने चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले हस्ताक्षर गरेको सूचनामा तोकिएको समयभित्र आत्मसमर्पण नगरेको खण्डमा कानूनअनुसार कडा कारबाही हुने स्पष्ट गरिएको छ।















Discussion about this post