झापाको कमल गाँउपालिका ७ का दुई जना लागुऔषध सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन ।
हिजो बेलुका साढे ७ बजे केर्खा चौकमा मे१ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनिहरुको साथबाट १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला पारी बरामद गरिएको हो । पक्राउ परेकालाइ ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















Discussion about this post