Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विमल गुरुङ पुरस्कारका लागि १० कृति र कविता महोत्सवका लागि १० कविता छनौट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८२
in कला साहित्य, समाचार
0
विमल गुरुङ पुरस्कारका लागि १० कृति र कविता महोत्सवका लागि १० कविता छनौट
178
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कवि विमल गुरुङ स्मृति पुस्तकालयले आइतबार विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनौट गरेको छ । पुस्तकालयमा प्राप्त भएका १०४ कृति मध्ये उत्कृष्ट १० कृति छनौट गरिएको हो ।

उत्कृष्ट १० मध्ये एक श्रेष्ठ पुस्तकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैयाँ प्रदान गरिने पुस्तकालयमा अध्यक्ष पूर्णवहादर गुरुङले बताए ।

उनका अनुसार आगामी कात्तिक १९ गते धरान–१८ बुद्धचोकस्थित पुस्तकालयको आफ्नै भवनमा आयोजना हुने कवि विमल गुरुङको ५४ औँ जन्मजयती तथा ३४ औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिनेछ ।

छनौटमा परेका उत्कृष्ट १० कृतिहरू डायस्पोराःअवधारणा र अभ्यास (रक्ष राई), रातो नदी (जुनु राना), डोलीभर्ना (डा. चित्र माबो), सिमसारा (वसन्त बस्नेत), काँचको पोखरी (टीका भाइ), नातिपुस्ताको खेल (कृष्ण बराल), मोहोर (सागर गैरे), जब कविता निस्कन्छ जुलुसमा (सुरज राना), कोइलाखाद (श्याम सिंघक) र गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरूको अध्ययन (तेज बहादुर गुरुङ) रहेका छन् ।

यसअघि विमल गुरुङ कृति पुरस्कार नरेश काङमाङको कविता संग्रह तेप्लायु, विजय कैलाशी राईको आख्यान मित्याङ्सा, चन्द्र गुरुङको कविता संग्रह जव एउटा मान्छे हराउँछ, र प्रकाश थाम्सुहाङको निबन्ध संग्रह शब्दथुमलाई प्रदान गरिएको थियो ।

यसैगरी कविता राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरूबाट प्राप्त ९० कविताहरूमध्ये १० कविता पनि छनौट गरिएको पुस्तकालय सञ्चालन समितिले जनाएको छ ।

छनौटमा परेका कविताहरूमा छातीभित्र पृथ्वी (रिजन मायालु, इलाम), भूपरिवेष्ठित चेतना (राजु उवरकोटी, दोलखा), संग्रहालयमा थन्किएको खापसियो (दीपा मग्राती, सुनसरी), पसिनाको सौन्दर्य (किशन पौडेल, हेटौँडा), अभिशप्त जिन्दगी (बाबुराम श्रेष्ठ, सिन्धुली), रातो रङ्ग (आरती आचार्य, म्याग्दी), सपनाहरूको आँखाबाट (याम मगर, रोल्पा), फर्किन्छु अब देश (विनेश राई मिन्जाई, सुनसरी), दिशाहीन समयको प्रेतात्मा (शून्य नयन, गोरखा) र देशको ठेगाना (शुचरा, खोटाङ) रहेका छन् ।

उत्कृष्ट १० मध्ये प्रथमलाई प्रमाणपत्र, स्वर्णपदकसहित नगद २१ हजार रुपैयाँ, द्धितीयलाई प्रमाणपत्र, रजतपदकसहित नगद १९ हजार रुपैयाँ र तृतीयलाई प्रमाणपत्र काश्यपदकसहित नगद १८ हजार रुपैयाँ प्रदान गरिने राष्ट्रिय कविता महोत्सव आयोजक समितिले जनाएको छ ।

काठमाण्डौबाट प्रकाशित हुने दृष्टि साप्ताहिकमा पत्रकारिता गर्दै सशक्त कविता लेखन गर्दागर्दै २०४८ साल वैशाख २४ गते धादिङको जुकेपानीमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएका कवि विमलका तीन कविता संग्रहहरू ‘एक किलो जंगल’ ‘आत्मघोषणा’ र ‘शहरको प्रगाढ मौनता’ प्रकाशित छन् ।

एक्लो कवि पत्रकार छोराको देहावसानपछि व्रिटिश गोर्खा लाहुरे बाबू पूर्णवहादुर गुरुङ र परिवारले धरानको बुद्धचोकमा ०४९ सालमा जग्गा खरिद गरेर दुई तले पक्की भवन निर्माण गरी विमलको स्मृतिमा सार्वजनिक पुस्तकालय सञ्चालन गर्दै आएका छन् ।

Tags: पुरस्कारपूर्णवहादुर गुरुङविमल गुरुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश
FEATURE BREAKING

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनामा अभियुक्त रहेका ताजिम अन्सारी लामो समय सम्पर्कविहीन रहेपछि शुक्रबार...

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.