इटहरी : जेन–जी आन्दोलनका क्रममा प्रशासनिक भवनमा आगजनी भएको २० दिनपछि विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक टेन्टमुनी बसेको छ ।
मेयर नागेश कोइराला अष्ट्रेलिया भ्रमणबाट फर्किएपछि आइतबार पहिलोपटक बैठक बसेको हो । बैठकमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसहित कार्यपालिका सदस्यहरू सहभागी थिए ।
बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरूको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउने लगायतका निर्णय गरेको छ ।
मेयर कोइरालाले हतोत्साहित नभई उपलब्ध स्रोतसाधनबाट जनताका सेवामा निरन्तर लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दै महानगरवासीको सेवाका लागि व्यक्तिगत तथा संस्थागत सहयोग गर्न आफू सधैं तत्पर रहने प्रतिबद्धता जनाए ।













Discussion about this post