गएको २४ घण्टामा नेपालमा १,०४१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।
यो वृद्धिभए सँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४५,२७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शनिवारको आयोजित दैनिक प्रत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १७,८७० सक्रिय सङ्क्रमित रहेका बताएका छन् ।
त्यसमध्ये ८,००४ जना घरमै र ९,८६६ जना संस्थागत आइसोलेसनमा रहेको छन्।















Discussion about this post