Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

हिमालदेखि समथरसम्म फैलिएको कोशी, यी हुन् घुम्नैपर्ने आकर्षक गन्तव्य

प्रकृतिको उपहार र संस्कृतिको सुगन्ध समेटिएको कोशी घुम्न चाहने जोकोहीका लागि ‘एक प्रदेश, सय अनुभव’को गन्तव्य बनेको छ।

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८२
in पर्यावरण, भिजिट नेपाल, समाचार
0
हिमालदेखि समथरसम्म फैलिएको कोशी, यी हुन् घुम्नैपर्ने आकर्षक गन्तव्य
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि नेपालको होचो भूभाग कचनकवलसम्म फैलिएको कोशी प्रदेश प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। ८ हजार मिटरमाथिका पाँचवटा हिमाल, जैविक समृद्धि, धार्मिक तीर्थस्थल र चिया–गुराँसका डाँडाले यहाँलाई अद्वितीय गन्तव्य बनाएको छ।

तर, पर्यटनलाई औपचारिक कार्यक्रममा मात्र सीमित गरिएकाले छिमेकी देश भारतका पर्यटकसमेत तान्न सकिएको छैन। प्रदेश सरकारको अस्थिरता, पूर्वाधार अभाव, पर्यटकमैत्री व्यवहारको कमी र भारतीय पर्यटकप्रति असहज नीतिले सम्भावना ओझेलमा परेको व्यवसायीहरूको बुझाइ छ।

नयाँ होटल र गन्तव्य थपिँदै छन्। तर पर्यटनले जति गति लिनुपर्ने हो, त्यति नभएको पर्यटन व्यवसायी बताउँछन् ।

यद्यपि निजी क्षेत्रले प्याराग्लाइडिङ, ¥याफ्टिङ र पाँचतारे होटल जस्ता क्षेत्रमा लगानी बढाइरहेका छन्। यसैबीच टाकुरा न्यूजले दसैँ, तिहार विशेष कोशी प्रदेशका घुम्नैपर्ने प्रमुख केही गन्तव्यलाई सूचीबद्ध गरेको छ ।

सोलुखुम्बु – विश्वकै सर्वोच्च शिखर सगरमाथा, नाम्चे बजार, लुक्ला विमानस्थल, दूधकुण्ड र साल्पा पाँचपोखरीजस्ता ठाउँ सोलुखुम्बुमा पर्यटकका आकर्षण हुन्। हिमाली भेगको यात्रा गर्न चाहनेहरूको पहिलो गन्तव्य नै सोलुखुम्बु हुने गरेको छ।

८८४८.८६ मिटर उचाइमा रहेको सगरमाथासहित अन्य विभिन्न हिमाल यो जिल्लामा छन्। हिमाल चढ्ने मात्रै होइन, हिमालको बेसक्याम पुग्नेहरूका लागि पनि सोलुखुम्बु आकर्षक गन्तव्य मानिन्छ।

लुक्ला विमानस्थल पनि यहाँको चर्चित ठाउँ हो। नाम्चे बजारका कारण पनि सोलुखुम्बु पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। त्यसको अलावा दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, पत्ताले डाँडा यहाँका चर्चित ठाउँ हुन्। विदेशी पर्यटकहरूका लागि पनि घुम्ने पहिलो गन्तव्य सोलुखुम्बु हो।

ओखलढुंगा – कवि सिद्धिचरण श्रेष्ठको जन्मथलो, सिद्धिचरण पार्क, रुम्जाटार, थोलेदम्बा, ऐतिहासिक ओखलको ढुंगा प्रमुख आकर्षण हुन्।

साहित्यका लागि उर्वर भूमि ओखलढुंगा विविधताले भरिपूर्ण छ। मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए।

उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको पुर्खाहरू सुनाउँछन्।

खोटाङ – हलेसी महादेव र बराहपोखरी धार्मिक गन्तव्यका रूपमा प्रसिद्ध छ । रुपाकोट डाँडा, ताराखसे डाँडा र ऐतिहासिक गढीहरू पर्यटक आकर्षण हुन्। खोटाङ भन्नेबित्तिकै धेरैजसोले धार्मिक पर्यटकीय गन्तव्य हलेसी महादेवलाई स्मरण गर्छन्।

भ्वाङ बनाएर विराजमान भगवान् शंकर र अन्य देवीदेवताको अवस्थितिले हलेसी पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्छ। खोटाङ र ओखलढुंगालाई छुट्याएको दूधकोशी नदीमा स्नान गरेर हलेसीको दर्शन गर्दा भाकल गरेका कुरा पुग्ने धेरैजसोको विश्वास छ।

हलेसीका अलावा बराहपोखरी, हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रुपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउ गढी, खोटाङ बजार, दिक्तेल आदि पर्यटकीय गन्तव्य हुन्।

भोजपुर – खुकुरीका लागि भोजपुर प्रसिद्ध मानिन्छ । पछिल्लो समय मुन्दुम ट्रेलका कारण भोजपुरको पर्यटनले गति लिएको छ । ट्याम्के डाँडा, साल्पा सिलिचुङ, साल्पापोखरी, दिङ्ला, षडानन्दको जन्मभूमी दिङ्ला, सिद्धकाली मन्दिर, नागछाँगा, हतुवागढी प्रमुख गन्तव्य हुन्।

भोजपुर प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक रूपमा परिचित जिल्ला हो।

धनकुटा – भेडेटार, नाम्जे, हिले, छिन्ताङ, राजारानी ताल, नमस्ने झरना घुम्न लायक गन्तव्य हुन् भने धनकुटा एभोकाडोका लागि प्रसिद्ध छ।

धेरैजसो मानिसले धनकुटा भन्नेबित्तिकै भेडेटार सम्झन्छन्। २०६७ सालमा अमेरिकी टेलिभिजन च्यानल (सीएनएन) ले विश्वका उत्कृष्ट घुम्न लायक १२ स्थानमा नाम्जेलाई पनि समेटेपछि यहाँ पर्यटकीय गन्तव्य बनेको छ। भेडेटार १४ सय ३० मिटर उचाइमा छ।

तेह्रथुम – नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ पाइन्छन् । ३६५ मिटर अग्लो ह्यात्रुङ झरना, ढुंगाको बगैँचा, चिचिलिङ पोखरी, वसन्तपुर, सिमिनाक्सी पाथीभरा, सोल्मा चिया बगान र मेन्छ्यायेम डाँडा यहाँको मुख्य गन्तव्य हुन्।

तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ। तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रका रूपमा प्रसिद्व रहेको छ ।

संखुवासभा – सभापोखरी, गुफापोखरी, मकालु–बरुण राष्ट्रिय निकुञ्ज, अरुण उपत्यका, जलजले क्षेत्र र ऐतिहासिक बालेश्वर गुफा आकर्षण हुन्। संखुवासभामा यहाँको सभापोखरी र गुफापोखरीले चर्चित छ। मकालु वरुण राष्ट्रिय निकुञ्ज, मिल्के डाँडा पनि संखुवासभाका पर्यटकीय गन्तव्य हुन्।

संसारकै होचो अरुण उपत्यका (४५७ मिटर), विश्वको पाँचौँ र नेपालको चौथो अग्लो मकालु हिमाल (८,४८१ मिटर) लगायतका हिमशृंखलाका रूपमा प्रसिद्व छ। लालीगुराँससहित धेरै प्रजातिका गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पनि पर्छ।

बालेश्वर ऐतिहासिक गुफासहित संखुवासभामा घुम्न लायक प्रसस्तै ठाउँ छन्।

इलाम – चिया बगानका कारण ‘प्रकृतिकी रानी’ भनिने इलाममा श्रीअन्तु सूर्योदय, कन्याम, फिक्कल, सन्दकपुर, पशुपतिनगर चर्चित छन्। एकैछिनमा कुहिरो लाग्ने, केहीबेरमै घाम लाग्ने र जुनसुकै समयमा पनि चिसो बतास चलिरहनु इलामको विशेषता हो।

इलाममा धेरैजसो मानिस सूर्योदय हेर्न जान्छन्। यहाँको श्री अन्तु डाँडाबाट उदाउँदै गरेको सूर्यको मनोरम दृश्य हेर्नका लागि पर्यटकको भीड लाग्छ। यहाँ होमस्टेमा बसेर स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ।

श्रीअन्तुको अलावा कन्याम, फिक्कल, पशुपतिनगर, इलाम बजार, सन्दकपुर लगायतका ठाउँ पनि घुम्नका लागि आकर्षक ठाउँ हुन्। त्यसो त दार्जीलिङ जानका लागि पनि यहाँको पशुपतिनगर हुँदै जाने नाका भएका कारण पनि बाह्य पर्यटक पनि बढ्दै गएका छन्।

पाँचथर – ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबार, काबेली, तिम्बुपोखरी, जोरपोखरी, स्वर्गपुरी मन्दिर, पौवा भञ्ज्याङ र गुरु फाल्गुनन्दको क्षेत्र प्रमुख गन्तव्य हुन्। पाँचथर हुँदै ताप्लेजुङ जाने रुट हुँदा कतिपयले भने यहीँ बास बस्ने र पाँचथर घुमेर मात्रै ताप्लेजुङ जानेसमेत गरेका छन्।

ताप्लेजुङ – धार्मिक गन्तव्य पाथीभरा मन्दिर ताप्लेजुङका लागि सबैभन्दा आकर्ष गन्तव्य छ । त्यससँगै तेस्रो अग्लो कञ्चनजंघा हिमालले हिमाली पर्यटक लोभिन्छन् ।

तीन हजार ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा गरेको भाकल पूरा हुने विश्वास छ। कञ्चनजंघा हिमाल (८,५८६ मि) अधिकांश पर्यटकको आकर्षणको केन्द्र बन्छ।

कतिपयले पाथीभरा मन्दिरबाट कञ्चनजंघालाई आँखाको लेन्समा कैद गर्छन्। ताप्लेजुङमा तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, सुकेटार क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् भने तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोला प्रसिद्ध छ ।

झापा – नेपालकै होचो भूभाग कचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार, गौरादह कृषि पर्यटन क्षेत्र झापाका लागि मुख्य गन्तव्य हुन् । घना बस्ती भएको झापा जिल्ला ‘धान उत्पादनको राजधानी’ मानिन्छ।

झापामा नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल छ। बिर्तामोड पछिल्लो समय तीव्र सहरीकरण हुँदै गएकाले कोशी कै मुख्य व्यापारिक केन्द्रसमेत बन्दै गएको छ। जसले आन्तरिक पर्यटकलाई जोड्ने माध्यम बनेको छ ।

मोरङ – कोशी प्रदेशको एउटै मात्र महानगर रहेको मोरङमा विराटनगर महानगरपालिका छ। औद्योगिक सहरका रूपमा परिचित रहेको विराटनगरमा विभिन्न ठाउँमा अवलोकन गर्न सकिन्छ।

त्यसबाहेक जेफाले डाँडा, बेतना सिमसार, बेतिनी सिमसार, धनपालगढी र सुन्दरहरैँचाका पार्कहरू प्रमुख गन्तव्य हुन्। पछिल्लो समय आकर्षक गन्तव्य बनेको मिक्लाजुङको रमिते डाँडा पर्यटकको रोजाइमा परेको छ ।

सुनसरी – सुनसरीको सबैभन्दा आकर्षक गन्तव्य भनेको कोशी टप्पु हो । कोशी टप्पुमा अर्ना, गैँडा, हात्तीसहित अन्य महत्व एवम् लोपोन्मुख वन्यजन्तु, लोपोन्मुख जलचर, थरीथरीका चराहरू नजिकबाट नियाल्न सकिन्छ ।

त्यसबाहेक यहाँ धार्मिक पर्यटकका लागि बराहक्षेत्र, धरानको बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिर, शिवजट्टा, रामधुनी, विष्णुपादुका चताराधामका कारण पनि प्रख्यात छ। सप्तकोशी नदी पनि यही जिल्ला हुँदै बग्ने भएका कारण पनि धेरैजसोको पर्यटकीय गन्तव्य सुनसरी हुनसक्छ। सप्तकोशीमा जेटबोट चढेर त्रिवेणीदेखि भोजपुरसम्म पुग्न सकिन्छ।

सुनसरीमा विभिन्न मूर्तिहरूले भरिपूर्ण इटहरीको तालतलैया पनि अर्को आकर्षक गन्तव्य हो। यस्तै, विभिन्न ताल, पोखरी, बर्जु ताल सुनसरीको घुम्न लायक गन्तव्य हो।

उदयपुर – उदयपुरगढी, चौदण्डीगढी, जाल्पादेवी, रौतापोखरी, कोशीटप्पु वन्यजन्तु आरक्ष र बेलकाको पोखरी चर्चित छन्। उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’ का कारणसमेत प्रख्यात छ।

०००००

हिमालदेखि तराईसम्म फैलिएको कोशी, आस्थादेखि साहससम्मका गन्तव्य बोकेर आज पनि पर्यटकको पर्खाइमै छ।

खासगरी प्रकृतिको उपहार र संस्कृतिको सुगन्ध समेटिएको कोशी घुम्न चाहने जोकोहीका लागि ‘एक प्रदेश, सय अनुभव’को गन्तव्य बनेको छ।

कतिपयले नेपाललाई नजिकैबाट नियाल्न चाहनेलाई हिमाल र समथर जोडिएको कोशी प्रदेश घुम्न एकपटक निस्कनै पर्ने बताउँदै आएका छन् ।

यसैकारण पनि कोशी प्रदेश प्रकृतिको अद्वितीय उपहार हो। हिमाल, मध्यपहाड र तराई एउटै सीमाभित्र भेटिन्छ।

तर, जबसम्म सरकार, निजी क्षेत्र र स्थानीय तहले संयुक्त रूपमा पर्यटनको प्रचार, पूर्वाधार र पर्यटकमैत्री नीतिमा जोड दिंदैनन्, तबसम्म कोशीको पर्यटन ‘सपना मात्र’मा सीमित रहनेछ।

Tags: #पर्यटन#भिजिट नेपालगन्तव्यपर्यावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.