सुनसरी : सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय अनिल यादव रहेका छन्।
सोमबार दिउँसो मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल इनरुवा पठाएको थियो।
उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमपछि मृतकलाई उनका भाइ वीरेन्द्र यादवले बुझेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।














Discussion about this post