इटहरी : कोशी ब्यारेजका ५० वटा ढोका खोलिएको छ ।
आज (आइतवार) बिहान ब्यारेजका ५६ वटा ढोकामध्ये ५० वटा ढोका खोलिएको हो ।
बिहान ८ बजेसम्म कोशीमा ३,३०,३६० क्युसेक पानीको बहाव मापन गरिएको छ ।
अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाब बढिरहेकाले नदी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।














Discussion about this post