इटहरी : अविरल वर्षाका कारण सप्तकोशीले जलसहत पार गरेको छ । नदीले खतराको सतह पार गरेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ ।
बिहान ९ः१५ बजे कोशीमा पानीको बहाव ४,३१,५२५ मापन गरिएको छ ।
नदीमा बहाव बढ्दो अवस्थामा रहेकाले अति उच्च जोखिमपूर्ण अवस्था रहेको सुनसरी प्रशासनले जनाएको छ ।
सप्तकोसी आसपासका सबै बासिन्दालाई पूर्ण सतर्कता अपनाउन आग्रह गरिएको र अति आवश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरिएको छ ।














Discussion about this post