इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा बाढीको कारण एक वृद्धको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ६४ वर्षीय उपेन्द्र यादवको घरदेखि करिब २ किलोमिटर पूर्व–उत्तरमा पानी जमेर डुबान हुँदा असोज १८ गतेदेखि वेपत्ता भएका यादवको आइतवार दिउँसो शव फेला परेको हो।
घटना सम्बन्धी खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय नरसिंहटप्पुबाट प्रहरी टोली खटिएको थियो।
थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय नरसिंहटप्पुबाट करिब ७ किलोमिटर पूर्व–उत्तर पर्छ।
पानीको स्तर उच्च भएकाले तत्काल कानूनी प्रक्रिया अघि बढाउन नसकिएको प्रहरीले जानकारी दिएको छ।













Discussion about this post