ओखलढुंगा : कर्तव्य ज्यान मुद्दामा एक व्यक्ति ओखलढुंगाबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टोलीले मोलुङ गाउँपालिका–२ का ७२ वर्षीय टेकबहादुर राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८२ असोज १६ गते (दसैँको टीकाको दिन) राति करिब ९ बजे आफ्नै श्रीमती लक्ष्मी राईलाई उनले कुटपिट गरी हत्या गरेको आरोप छ ।
उनलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत ओखलढुंगाबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पक्राउ परेका राईमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।













Discussion about this post