मोरङको सुनवर्सी ८ भन्ने ठाउबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी ४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी ८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन् ।
आज विहान ११ बजे को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ६ बोतल ESKUF र १९० गोटी laborate(VIBEL प्रतिबन्धित औषधी फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका दुबै जना विरुद्ध ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















Discussion about this post