इटहरी : सुनसरीमा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ ।
रामधुनी नगरपालिका २ तनमुनास्थित सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो ।
स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी सिटी सफारी चालक रहेको खुलेको छ ।
भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र. १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीमा सवार गरिरहेको अवस्थामा बायाँ छातीमा हतियार प्रहार भएको प्रहरीको भनाइ छ ।
मोटरसाइकलमा सवार तीनजनाको समूहले गोली हानेर हत्या गरेपश्चात फरार भएका छन् । फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिवार ५ः३० बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए ।
‘मानिस रक्ताम्य भएर ढलेको भन्ने जानकारी आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो,’ उनले फोन सम्पर्कमा टाकुरा न्यूजसँग भने, ‘गोली नै हानिएको वा अन्य के कारण भन्नेबारे सुक्ष्म रूपमा अनुसन्धान भएपछि मात्रै पुष्टि हुन्छ ।’
कानुनी प्रक्रिया पूरा गरी मृतक चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए ।
घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटना के कारण भएको भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाइएको छ । खासगरी मानिस सडकमा रक्ताम्य अवस्थामा ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले सुनसरीका चारैतिर घटनामा संलग्नको खोजीका लागि प्रहरीले निगरानी बढाएको छ ।













Discussion about this post