Sunday, October 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा राति १० बजेसम्म मात्रै देउसी खेल्न पाइने, पटका पड्काउन नपाइने (सूचनासहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८२
in समाचार
0
विराटनगरमा दुई महिना निषेधाज्ञा गर्न प्रशासनको आदेश
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जिल्ला प्रशासन कार्यालय मोरङले तिहार र छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ ।

साथै प्रशासनले भुईचम्पा, आतिशबाजी, प्लाष्टिकजन्य फूलमाला, पटकाजस्ता विस्फोटक पदार्थ कानूनद्वारा निषेधित वस्तुको अवैध आयात, ओसारपसार, संचय, बिक्री वितरण, प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा जारी सूचनामा भनिएको छ, ‘मौलिक परम्परा, संस्कृति र प्रचलित कानूनको पालना गरी भयरहित वातावरणमा निर्धक्क भई पारस्परिक सद्भाव, एकता र मित्रता सुदृढ गर्दै हर्षोल्लासका साथ सबै नागरिकबीच आपसी सहयोग, सम्मान र सामाजिक अनुशासनको पालना गर्दै पर्व मनाउदा समाजलाई अझ गतिशील, सभ्य र ऐक्यवद्ध बनाउन सकिन्छ भन्ने मान्यताका साथ सम्पूर्ण जिल्लाबासी तथा सम्बद्ध निकायहरूले तिहार, छठ पर्व मनाउने क्रममा देहाय बमोजिम गर्नु, गराउनु हुन अनुरोध गरिन्छ ।’

प्रशासनले ९ वटा बुँदामा सूचना जारी गरेको छ । सूचनाअनुसार देउसीभैलो, नाचगानजस्ता कार्यक्रमहरू मर्यादित एवं अनुशासित रूपमा रातको १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ ।

यसैगरी मैनबत्ती, दियो तथा विद्युतीय उपकरणहरूको प्रयोग सावधानीपूर्वक गर्न आग्रह गरिएको छ । चाडबाडको बहानामा धार्मिक, जातीय वा सामाजिक सदभावमा खलल पुन्याउने कुनै पनि गतिविधि साथै

‘मनोरञ्जनको नाममा गैर कानूनी रूपमा चिड्डा, जुवातास, कौडा, लंगुरबुर्जा, सट्टाबाजीजस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्ने, नगराउने, सवारी साधनको क्षमताभन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियमको पालना गर्ने, गराउने, यात्रुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरी युनिटमा सम्पर्क गर्नु,’ सूचनामा भनिएको छ ।

यसैगरी भीडभाड हुने स्थानमा होहल्ला र हुलदंगा नगरी सभ्य र मर्यादित ढंगले चाडवाड मनाउन, चोरीडकैती लगायतका अन्य आपराधिक गतिविधिहरूबाट बच्नको लागि घर तथा अन्य सम्पत्तिको सुरक्षा सम्बन्धमा सचेत रहनसमेत आग्रह गरिएको छ ।

चाडबाडको समयमा आपूर्ति, स्वास्थ्य, खानेपानी, विद्युत, टेलिकम लगायतका अत्यावश्यक सेवा सुचारु गर्ने, यसका लागि जिल्लामा उपलब्ध जनशक्ति र स्रोत साधन (एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर) सम्बद्ध निकायले तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ ।

यसैगरी कानुन विपरीतका कार्य गरे, गराएको भए गरेमा नजिकैको सुरक्षा निकायमा जानकारी गराउनुसमेत अनुरोध गरिएको छ ।

Tags: #मोरङजिल्ला प्रशासन कार्यालयप्रशासन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    837 shares
    Share 335 Tweet 209
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.