Sunday, April 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा राति १० बजेसम्म मात्रै देउसी खेल्न पाइने, पटका पड्काउन नपाइने (सूचनासहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८२
in समाचार
0
विराटनगरमा दुई महिना निषेधाज्ञा गर्न प्रशासनको आदेश
66
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जिल्ला प्रशासन कार्यालय मोरङले तिहार र छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ ।

साथै प्रशासनले भुईचम्पा, आतिशबाजी, प्लाष्टिकजन्य फूलमाला, पटकाजस्ता विस्फोटक पदार्थ कानूनद्वारा निषेधित वस्तुको अवैध आयात, ओसारपसार, संचय, बिक्री वितरण, प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा जारी सूचनामा भनिएको छ, ‘मौलिक परम्परा, संस्कृति र प्रचलित कानूनको पालना गरी भयरहित वातावरणमा निर्धक्क भई पारस्परिक सद्भाव, एकता र मित्रता सुदृढ गर्दै हर्षोल्लासका साथ सबै नागरिकबीच आपसी सहयोग, सम्मान र सामाजिक अनुशासनको पालना गर्दै पर्व मनाउदा समाजलाई अझ गतिशील, सभ्य र ऐक्यवद्ध बनाउन सकिन्छ भन्ने मान्यताका साथ सम्पूर्ण जिल्लाबासी तथा सम्बद्ध निकायहरूले तिहार, छठ पर्व मनाउने क्रममा देहाय बमोजिम गर्नु, गराउनु हुन अनुरोध गरिन्छ ।’

प्रशासनले ९ वटा बुँदामा सूचना जारी गरेको छ । सूचनाअनुसार देउसीभैलो, नाचगानजस्ता कार्यक्रमहरू मर्यादित एवं अनुशासित रूपमा रातको १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ ।

यसैगरी मैनबत्ती, दियो तथा विद्युतीय उपकरणहरूको प्रयोग सावधानीपूर्वक गर्न आग्रह गरिएको छ । चाडबाडको बहानामा धार्मिक, जातीय वा सामाजिक सदभावमा खलल पुन्याउने कुनै पनि गतिविधि साथै

‘मनोरञ्जनको नाममा गैर कानूनी रूपमा चिड्डा, जुवातास, कौडा, लंगुरबुर्जा, सट्टाबाजीजस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्ने, नगराउने, सवारी साधनको क्षमताभन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियमको पालना गर्ने, गराउने, यात्रुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरी युनिटमा सम्पर्क गर्नु,’ सूचनामा भनिएको छ ।

यसैगरी भीडभाड हुने स्थानमा होहल्ला र हुलदंगा नगरी सभ्य र मर्यादित ढंगले चाडवाड मनाउन, चोरीडकैती लगायतका अन्य आपराधिक गतिविधिहरूबाट बच्नको लागि घर तथा अन्य सम्पत्तिको सुरक्षा सम्बन्धमा सचेत रहनसमेत आग्रह गरिएको छ ।

चाडबाडको समयमा आपूर्ति, स्वास्थ्य, खानेपानी, विद्युत, टेलिकम लगायतका अत्यावश्यक सेवा सुचारु गर्ने, यसका लागि जिल्लामा उपलब्ध जनशक्ति र स्रोत साधन (एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर) सम्बद्ध निकायले तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ ।

यसैगरी कानुन विपरीतका कार्य गरे, गराएको भए गरेमा नजिकैको सुरक्षा निकायमा जानकारी गराउनुसमेत अनुरोध गरिएको छ ।

Tags: #मोरङजिल्ला प्रशासन कार्यालयप्रशासन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कोशी राजमार्गमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर...

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा
विविध

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहाव सँगसँगै यात्रा गरिरहेका किसान । भोजपुर, उदयपुर, धनकुटालगायत विभिन्न...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

चैत्र २८, २०८२
एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

चैत्र २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

चैत्र २८, २०८२
सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

चैत्र २८, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1071 shares
    Share 428 Tweet 268
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    687 shares
    Share 275 Tweet 172
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    342 shares
    Share 137 Tweet 86
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    216 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.