संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा मंगलबार साँझ धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ।
प्रहरीले घटनापछि आरोपितलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार स्थानीय ५५ वर्षीय कर्णबहादुर कुमालको हत्या भएको हो । सोही स्थानका विक्रम कुमालले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनाली भने, “घटनाको कारण र प्रयोग गरिएको हतियारबारे अनुसन्धान भइरहेको छ। आरोपितलाई नियन्त्रणमा लिएर थप कारबाही अघि बढाइएको छ।”
घटनास्थलमा प्रहरी टोलीले आवश्यक प्रमाण संकलनको कार्य जारी राखेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको छ।













Discussion about this post