Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सामाजिक वाञ्छनीयता पूर्वाग्रह र यसका असरहरू

केशव खतिवडा by केशव खतिवडा
कार्तिक ८, २०८२
in टाकुरा विशेष, विचार
0
सामाजिक वाञ्छनीयता पूर्वाग्रह र यसका असरहरू
89
SHARES
Share on FacebookShare on Twitter

मानिसहरूले सर्वेक्षण वा अनुसन्धानमा आफ्नो वास्तविक उत्तर नदिई अरूले राम्रो सोचुन्, अरूको अगाडि राम्रो देखिन सकौँ, समूह वा समाजको स्वीकृति प्राप्त गर्न सकौँ ।

आफ्नो प्रतिष्ठा बढोस्, भन्ने उदेश्यले साँचो कुरा लुकाएर बनिबनाउ उत्तर दिने प्रवृति नै सामाजिक वाञ्छनीयता पूर्वाग्रह (सोसल डेजाइरबिलिटि बायस) हो ।

अर्थात्, सामाजिक रूपमा स्वीकार्य वा सहि देखिने उत्तर दिने प्रवृति हो । सामान्य भाषामा भन्दा यो ढाँट प्रवृति हो । विभिन्न अध्ययनअनुसार अर्थ राजनीति, प्रशासनिक, दुव्र्यसनी, यौन व्यवहार, सामाजिक अभियान, धार्मिक अभियानजस्ता क्षेत्रहरूमा यो प्रवृत्ति बढि रहेको पाइन्छ ।

जस्तैः लागुपदार्थ सेवन गर्ने मानिसलाई सोध्यो भने म कहिले गर्दिन, भन्ने जवाफ पाइन्छ । तसर्थ आधुनिक समाजमा यो मानव केन्द्रित अनुसन्धानको विषय बन्न पुगेको छ । यो अवधारणा समाजशास्त्र र मनोविज्ञानको क्षेत्रमा ७० को दशकदेखि देखिन थाल्यो ।

अनुसन्धानकर्ता Crowne and Marlowe ले तयार गरेको सोसल डेजाइरबिलिटि स्केलपश्चात् यो अवधारणाले मूर्त रूप पायो । जसको उद्देश्य सामाजिक वाञ्छनीयता पूर्वाग्रहका प्रभावहरू मापन गर्ने थियो ।

सन् १९८४ मा Paulhus ले सामाजिक वाञ्छनीयता पूर्वाग्रहलाई दुई भागमा विभाजन गरे ।

१. अरूलाई राम्रो देखाउने : व्यक्तिले आफ्नो व्यवहार । उत्तर वा अभिव्यक्तिलाई अरूको दृष्टिकोणमा सकारात्मक देखिनेगरी प्रस्तुत गर्ने तरिका । यसलाई छवि व्यवस्थापन पनि भनिन्छ ।

२. आफैँलाई सकारात्मक देखाउने : व्यक्तिलाई वास्तविकताभन्दा सकारात्मक देखाउने प्रवृत्ति ।

सामाजिक वाञ्छनीयता पूर्वाग्रहका असरहरू :

सामाजिक वाञ्छनीयता पूर्वाग्रह आफैँमा एउटा गम्भीर विकृति हो । तसर्थ, यसले अधिकांश क्षेत्रमा नकरात्मक असर पार्दछ ।

जस्तैः

१. अनुसन्धान र सर्वेक्षणमा : अनुसन्धान र सर्वेक्षणबाट हरेक क्षेत्रको नीति निर्माण गर्नको लागि आवश्यक पर्ने तथ्याङ्क तथा सूचनाहरू प्राप्त हुने भएको हुँदा यसलाई नीति निर्माणको सबैभन्दा महत्वपूर्ण पाइला वा श्रोत मानिन्छ ।

यस्तो महत्वपूर्ण श्रोतबाट प्राप्त हुने तथ्याङ्क, सूचना तथा जानकारीहरू नै गलत आएको खण्डमा त्यसलाई आधार मानेर लिइने निर्णयहरू तथा निकालिने निष्कर्षहरू पनि गलत हुन्छन् ।

जसले अनुसन्धान र सर्वेक्षणको विश्वसनीयता माथि नै गम्भीर प्रश्न खडा गर्दछ ।

जस्तैः कुनै बस्तीमा लागुपदार्थ सेवन गर्नेहरू कति छन् भनि गरिएको सर्वेक्षणमा केही मानिसहरू सेवन गर्ने हुँदा हुँदै पनि छदैँछैन भनि सूचनादाताले गलत सूचना दिएको खण्डमा अनुसन्धानकर्ता गलत निष्कर्षमा पुग्दछ ।

तसर्थ, सामाजिक वाञ्छनीयता पूर्वाग्रहले अनुसन्धान तथा सर्वेक्षणको नतिजालाई अविश्वसनीय, भ्रमपूर्ण तथा गलत बनाउँदछ ।

२. सार्वजनिक नीति निर्माणमा : अर्थराजनीति, प्रशासनिक, परराष्ट्र, स्वाथ्य, शिक्षा, सुरक्षा, प्रर्यटन, रोजगार इत्यादिजस्ता सार्वजनिक महत्वका क्षेत्रका लागि सरकारीस्तरबाट दीर्घकालीन नीति निर्माण गर्दा गलत तथ्याङ्कहरू प्रयोग भएको खण्डमा स्वभाविक रूपमा नयाँ बन्ने ऐन, कानुन, नीति, निर्णय प्रक्रिया र परिणामसमेतमा गम्भीर नकारात्मक असर पर्दछ ।

अर्थात् गलत, हावादारी र अवास्तविक नीति निर्माण वा निर्णयहरू हुन पुग्दछन् । परिणामस्वरूप महत्वपूर्ण क्षेत्रहरू ओझेलमा पर्ने र तुलनात्मक रूपमा कम महत्वपूर्ण क्षेत्रहरू प्राथमिकतामा पर्ने, कार्यान्वयन फितलो हुने र अपेक्षित परिणाम प्राप्त नहुने भएकोले जनअसन्तुष्टि बढद्छ । अन्ततः सार्वजनिक नीतिहरू असफल हुने खतरा बढद्छ ।

३. कार्यसम्पादन मूल्याङ्कनमा : सामाजिक वाञ्छनीयता पूर्वाग्रहको प्रभाव कार्यसम्पादन मूल्याङ्कनमा परेको खण्डमा मूल्याङ्कन र परिणाम वास्तविक र न्यायपूर्ण हुँदैन । यसले निष्पक्ष मूल्याङ्कनको विश्वसनीयतामा ह्रास ल्याउँदछ । व्यक्ति र संस्थासँग रहेको वास्तविक कमजोरी र समस्याहरूको सही पहिचान हुन सक्दैन ।

समयमै विद्यमान समस्याहरूको पहिचान गरी त्यसको निराकरण गर्न सकिएन भने योग्य व्यक्तिहरू पुरस्कृत हुनुको सट्टा दण्डित हुन पुग्दछन् । संस्थाले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सक्दैन । भविष्यका सुधारका योजनाहरू बन्दैनन् । समग्रमा संस्थाको कार्यक्षमतामा ह्रास आइ र उत्पादकत्व घट्दछ ।

४. संस्थागत सुधारको क्षेत्रमा : सामाजिक वाञ्छनीयता पूर्वाग्रहको प्रभावले संस्थाका वास्तविक समस्या, कमजोरी र असन्तुष्टिहरू लुक्ने भएको हुँदा संस्थागत सुधारको प्रक्रिया औपचारिक र सतही मात्र बन्न पुग्दछ ।

किनकि, संस्थाको मूल समस्या र कारण नै पत्ता लाग्दैन । टाउको दुखेको दबाइ नाइटोमा लगाएजस्तो सुधारको गलत योजना बन्न पुग्दछन् । सुधारको क्षेत्रमा प्रयोग भएको साधन श्रोत र समय खेर जान्छ । संस्था धराशयी भएर जान्छ । तर संस्था प्रमुख पुरस्कृत हुनेजस्तो विडम्वना हुन पुग्छ । एक समयमा जनकपुर चुरोट कारखाना र विराटनगर जुट मिलमा भ्रष्टचारलाई अनदेखा गर्दा यस्तै भएको थियो ।

५. व्यक्तिगत विकास र सामाजिक सम्बन्धको क्षेत्रमा : सामाजिक वाञ्छनीयता पूर्वाग्रहको प्रभावले मानिसहरूले आफ्नो वास्तविक सोच, व्यवहार तथा भावनाभन्दा अरूलाई मनपर्ने गरी नाटकीय शैलीमा आफूलाई प्रस्तुत गर्ने भएको हुँदा यसले व्यक्तिगत विकास र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्दछ । जसले गर्दा मानिसको आत्मविश्वास, सम्बन्धको विश्वसनीयता र गुणस्तरमा कमी ल्याउँदछ ।

आफ्नो कमजोरी लुकाएर अरूलाई राम्रो देखाउने नाटकीय प्रयास गर्दागर्दै आफूलाई वास्तविक रूपमा बुझ्ने अवसर गुमाउँदछ । आत्मा जागरुकता कमजोर बनाउँदछ ।

आत्मा सुधारको बाटो बन्द गर्दछ । झुटो र वास्तविक व्यक्तित्वबीच हुने आन्तरिक द्धन्द्धमा फस्दछ । व्यक्तित्व विकास र सुधारको अवसर गुमाउँदछ । त्यसैगरी सामाजिक सम्बन्धमा विश्वसनीयता घट्दछ । मानिसहरूसँग भावनात्मक दूरी बढ्दछ ।

सामाजिक सम्बन्धमा असन्तुलन आउँछ । किनकि, व्यक्तिगत विकास र सामाजिक सम्बन्धको लागि इमानदारिता, विश्वसनीयता, आत्म जागरूकता र व्यवहारमा पारदर्शीता आवश्यक पर्दछ ।

६. मनोविज्ञानको क्षेत्रमा : व्यक्तिले आफ्नो वास्तविक भावना, व्यवहार र अवस्थाको बारेमा भन्दा सामाजिक रूपमा स्वीकृत जानकारी दिने हुँदा मनोवैज्ञानिक परीक्षणको नतिजा सही प्राप्त हुँदैन ।

जसकारणले व्यक्तिका चिन्ता, तनाव, डिप्रेशन, गुण र विशेषता जस्ता विषयहरूको सही पहिचान हुन सक्दैन । परिणामस्वरूप व्यक्तिका मनोवैज्ञानिक रोग वा समस्याको सही पहिचान हँुदैन र उपचार योजनामासमेत समस्या सृजना हुन्छ ।

अर्थात् मनोविज्ञान, अनुसन्धान, परीक्षण, उपचार तथा आत्मा जागरूकताजस्ता महत्वपूर्ण क्षेत्रहरूमा उपचारको प्रभावकारितामा ह्रास ल्याउँदछ ।

सारमा सामाजिक वाञ्छनीयता पूर्वाग्रहले वास्तविकता लुकाउँछ । निर्णय कमजोर बनाउँछ । गलत नीति बन्दछन् । समसामयिक तथा समस्या समाधान हुनेगरी सुधार गर्न सकिदैँन ।

सामाजिक वाञ्छनीयता पूर्वाग्रह एउटा सामान्य मानवीय प्रवृति हो । अनुसन्धान सर्वेक्षण र सार्वजनिक नीति निर्माण जस्ता महत्वपूर्ण विषयहरूमा यसको प्रभावलाई घटाउनको लागि देहाय बमोजिमका रणनीतिहरू अपनाउन उपयुक्त हुन्छ ।

१. गोपनीयताको सुनिश्चितता गर्ने : अनुसन्धानकर्ताले उत्तरदाताले दिएको सूचना वा जानकारी गोप्य राखिनेछ भन्ने विश्वास दिलाएमा वास्तविक सूचना प्राप्त गर्ने सम्भावना बढद्छ ।

२. अनलाइन सर्वे गर्ने : अनुसन्धानकर्ताले प्रत्यक्ष व्यक्तिगत अन्तर्वार्ताको माध्यमबाट भन्दा अनलाइन सर्वे गरेको खण्डमा सही सूचना प्राप्त गर्न सकिन्छ ।

३. अप्रत्यक्ष स्रोतको प्रयोग गर्ने : कुनै व्यक्तिकोबारे सूचना प्राप्त गर्नु छ भने उसका परिवारका सदस्य, मिल्ने साथी, घरेलु कामदार, नजिकको छिमेकीबाट सूचना संकलन गरेको खण्डमा सही सूचना प्राप्त हुन्छ ।

४. मिश्रित पद्धति अपनाउने : अनुसन्धान र सर्वेक्षणमा मात्र सीमित नभई सही सूचना प्राप्त गर्नको लागि फोकस समूहसँगको अन्तरक्रिया, अवलोकनजस्ता विधिहरू अपनाएर सूचनाहरूको संकलन गरेको खण्डमा बढी तथ्यपरक सूचना प्राप्त हुन्छ ।

५. तटस्थता कायम राख्ने : अनुसन्धानकर्ता तटस्थ छ र सूचनाको दुरुपयोग गर्दैन भन्ने विश्वास सूचनादातालाई भएको खण्डमा सूचनादाताले सामाजिक रूपमा स्वीकार्य भन्दा यथार्थ सूचना दिने सम्भावना बढी हुन्छ ।

६. सूचनाहरूको छड्के जाँच गर्ने : एकै विषयमा एक भन्दा बढी स्रोतबाट सूचना संकलन गरी तुलना गरेर कुन सूचना तथ्यपरक हो भनी एकिन गर्दा सही सूचना पहिचान गर्न सकिन्छ ।

यसरी सामाजिक वाञ्छनीयता पूर्वाग्रहको प्रभाव घटाइ सही सूचना संकलन गरी सही नीति निर्माण गर्नको लागि गोपनीयता, विश्वसनीयता, तटस्थता, छड्के जाँच तथा मिश्रित पद्दतिको माध्यमद्धारा यथार्थ सूचना प्राप्त गरी तथ्यपरक नीति निर्माण गर्न सकिन्छ ।

अस्तु ।

राम्रो देखिन सकौँ ।

Tags: #विचारकेशव खतिवडाटाकुरा विशेष
केशव खतिवडा

केशव खतिवडा

पूर्व प्रशासक खतिवडा सामयिक विषयहरूमा विचार–विश्लेषण लेख्दै आएका छन् । उनका लेखहरूमा प्रशासनिक अनुभव र यथार्थपरक दृष्टिकोण झल्किन्छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
टाकुरा विशेष

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.