Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पोलियो सचेतनाको लागि कार ¥याली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ८, २०८२
in विविध, समाचार
0
पोलियो सचेतनाको लागि कार ¥याली
80
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विश्व पोलियो दिवसको अवसरमा शुक्रबार इटहरीमा रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलको संयूक्त आयोजनामा ‘पोलियो अन्त्य गरौँ’ भन्ने सन्देशसहित कार ¥याली सम्पन्न भएकोे छ ।

अक्टोवर २४ तारिखका दिन नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस अभियानमा रोट¥याक्ट क्लब अफ इटहरी र रोट¥याक्ट क्लब अफ सुनसरीको समेत सहभागिता रहेको थियो । पोलियो रोगविरूद्ध जागरूकता जगाउने उद्देश्यले ¥याली आयोजना गरिएको हो ।

पोलियो एक घातक भाइरल रोग हो जुन एक समय विश्वभरका बालबालिकाहरूमा पक्षघातको प्रमुख कारण थियो । पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ ।

रोटरीले युनिसेफलाई १ अर्ब डलरभन्दा बढी योगदान गरेको छ र १२२ देशका ३ अर्बभन्दा बढी बालबालिकालाई खोप लगाउन मद्दत गर्न अनगिन्ती स्वयंसेवक घण्टा खर्च गरेको छ ।

प्रत्येक वर्ष, युनिसेफले विश्वव्यापी रूपमा ४० करोडभन्दा बढी बालबालिकालाई पोलियोविरूद्ध खोप लगाउन मद्दत गरिरहेको छ ।

रोटरीको सहयोगले युनिसेफलाई विश्वभरका देशहरूमा सुरक्षित खोपहरू आपूर्ति गर्न र आमा, बुबा र अन्य हेरचाहकर्ताहरूमा पोलियो खोपमा विश्वास र विश्वास निर्माण गर्न स्थानीय समुदायहरूसँग संलग्न हुन अनुमति दिएको छ ।

रोटरी इन्टरनेशनल र विश्वभरका रोटेरियनहरू जस्ता साझेदारहरूको कारणले यो रोग सन् १९८८ देखि, पोलियोबाट प्रभावित बालबालिकाको संख्या ९९.९ प्रतिशतले घटेको छ ।

तर ३७ वर्ष बितिसक्दा पनि यो रोगका पृथक क्षेत्रहरू अझै पनि छन् । र प्रत्येक अन्तिम केस हटाइएन भने, संक्रमण फेरि आउने सम्भावना सधैं रहनेछ ।

पोलियोको अन्तिम केस सन् २०१० मा रौतहट जिल्लामा पत्ता लागेको थियो, र चार वर्ष पछि नेपाललाई अन्ततः पोलियोमुक्त घोषणा गरिएको थियो ।

दिवसको अवसरमा रोटरी क्लब अफ इटहरीका अध्यक्ष रोटरियन डिसी चौधरीले पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एकएक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु र सरकारले प्रदान गर्ने सबै खोप लगाउन समेत अनुरोध गरेका छन् ।

भाइरल रोग उन्मूलन गर्न सबै एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ ।

मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ।पोलियोबाट बच्नका लागि पोलियोविरूद्धको खोप नै लगाउनु रहेको छ ।

पोलियोबाट बच्नका लागि व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ ।

रोटरी इन्टरनेशनलले सन् १९८५ मा पोलियो प्लस कार्यक्रम शुरुवात गरेको थियो र आजका दिन सम्म विश्वबाट पोलियो रोग उन्मुलन गर्न सहयोग गरिहेको छ ।

सोही कुराको जनचेतना जगाउन हेतु आज कार ¥यालीको आयोजना गरिएको हो । सो कार ¥याली ४० वटा कारहरू पोलियो उन्मुलन सम्बन्धि व्यानरहरू टाँसी गरिएको थियो भने पोलियो सन्देश माइकिङ्ग समेत गरिएको थियो ।

कार ¥याली इटहरी रंगाशालाबाट शुरु भई इटहरीको गालो चौक हुदै पश्चिममा राजश्व अनुसन्धान कार्यालय हुँदै हलगडाबाट तरहरा र फेरी इटहरी गाोल चौक हुँदै प्रणामी मन्दिरको प्राङ्गमा पुगेर कोण सभामा परिणत भई सकिएको थियो ।

कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्षहरू अनन्त विष्ट, लक्ष्मी धिताल, लक्ष्मी कुमारी थेवे, अनिता अधिकारी, संजोग पराजुली, सविना शोभा कोइराला, कृष्णराज श्रेष्ठसहित सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन क्ल्बका आगामी वर्षको निर्वाचित अध्यक्ष रोटरियन चेतन धमलाले गरेका थिए ।

 

 

Tags: #इटहरी¥यालीरोटरीरोटरी क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइहरूले अदालत तथा प्रशासन कार्यालयका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न...

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’
विविध

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा पर्यटकको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउन सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु गरिएको छ। प्रदेश...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३
झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.