भोजपुर जिल्लाको षडानन्द नगरपालिका २ कुदाक काउलेमा १२ बर्षिय बालिकाले आत्माहत्या गरेकी छिन् ।
स्थानिय टीकाराम राईकी १२ बर्षिया अमी राईले आईतबार आत्महत्या गरेकी हुन् । बालिकाको शव घरदेखि करिब पाँचसय मिटर टाढा रहेको गोठको कटेरोमा झुण्डिएको अवस्थामा भेटिएको बालिकाकी दिदी टिना राईले बताईएकी छिन् ।
दिदीबहिनिसंँगै घाँस काट्न गएको र बहिनी गोठ गएर घर नफर्केपछि खोजी गर्ने क्रममा शव कटेरोमा झुन्डिएको अवस्थामा भेटिएको दिदिले जानकारी दिईन् ।
बालिकाको शव पोष्टमार्टमका लागि सोमबार सङ्खुवासभाको खाँदबारी पठाइएको ईलाका प्रहरी कार्यालय दिंङलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।















Discussion about this post