सरकारले हाल रोक्का गरिराखेको कृषियोग्य भुमिको कित्ताकाट खुकुलो गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कृषियोग्य भुमिको खन्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गरिएको मन्त्रालयले जनाएको छ ।
हाललाई भू उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन विभाग मातहतका कार्यालयलाई निर्देशन दिन मन्त्रीस्तरको निर्णय भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयले २०७४ साउन २६ र ०७४ पुस २७ गते भएको जमिन खन्डीकरणसम्बन्धी परिपत्र खारेज गरी कृषियोग्य जमिन संरक्षण र व्यवस्थित गर्नका लागि भदौ १८ गतेको निर्णयअनुसार कित्ताकाट खुला गरिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिएका छन् ।
मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावली बनाइ मन्त्रिपरिषद्मा पेस गरेको छ । यो पारित हुन भने बाँकी छ ।
नियमावलीमा जग्गाको वर्गीकरण गरी सोअनुसार प्रयोग गर्ने र कृषियोग्य जमिन संरक्षण गर्ने प्रस्ताव तयार गरिएको छ ।















Discussion about this post