Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

जाडो छल्न पर्यटक चरा नेपाल आइपुगे

रासस by रासस
कार्तिक ११, २०८२
in पर्यावरण, समाचार
0
जाडो छल्न पर्यटक चरा नेपाल आइपुगे
68
SHARES
Share on FacebookShare on Twitter

बेलबारी (मोरङ) : जाडो छल्न विगतमा झैँ यस वर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन् ।

उत्तरी ध्रुवमा हिमपातको सुरूआतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा सयौँ प्रजातिका चरा नेपाल आइपुगेका छन् ।

विगतका विवरण हेर्दा असोज दोस्रो सातादेखि यहाँ आउन थालेका पर्यटक चरा करिब छ महिना नेपाल रहने र त्यसपछि फर्कने चिनियाँ विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवं चरा अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालले बताए ।

‘बर्सेनि करिब १५० प्रजातिका चरा रुस, कीर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेका छन् । त्यसमध्ये केही प्रजातिका चरा नेपालको बाटो हुँदै दक्षिण भारतसम्म जाने गर्दछन्,’ उनले भने ।

नेपाललाई आकर्षक र सुरक्षित गन्तव्य मानेर आउने पर्यटक चरा विगतका वर्षमाभन्दा घट्दो क्रममा रहेकाले बासस्थान सुरक्षित र व्यवस्थित गर्न सबै सरोकार भएका निकाय लाग्नुपर्नेमा उपप्रध्यापक कटुवालले जोड दिए ।

उनका अनुसार सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान मानिन्छ ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउनेक्रम थपिए पनि विगतका वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।

उनका अनुसार विशेषगरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ ।

हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को संख्या भने पछिल्लो समय घट्दै गएको उनको भनाइ छ ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने प्रमुख गौतमले जानकारी दिए ।

उनका अनुसार जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् ।

खाया हाँस, सुनजुरे हाँस, कैलो टाउके हाँस, मादक हाँस, खडखडे हाँस, हरियो टाउके हाँस, लक्ष्मण सारस, कर्‍याङकुरुङ सारस, राजहुटिट्याउँ लगाउत चरा यहाँ आउने उनले जानकारी दिए ।

अन्य प्रजातिमा सिकारी तथा मांशहारी चरामा गोमायु महाचिल र श्येनबाज पर्दछन् भने थलचर चरामा हिमाली भद्राई, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, बगाले बगेडीलगायत पर्दछन् ।

‘गर्मी याममा आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ,’ प्रमुख गौतमले भने ।

नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत रहेका उनले जानकारी दिए ।

ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान वन, आसपासका घाँसे मैदान, कृषि भूमिलगायत क्षेत्र हुन् ।

Tags: #राससचरापर्यावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    315 shares
    Share 126 Tweet 79
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.