कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएपछि मोरङ जिल्ला प्रशासन कार्यालयले थप एक साता निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले आज राति १२ बजेदेखि लागु हुने गरि भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा थप भएको जानकारी दिएका छन् ।
निषेधाज्ञाको समयमा सिटी रिक्साहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी सञ्चालन अनुमति दिइएको छ भने सरकारले मापदण्ड तोकेअनुसार पसलहरु साँझ ७ बजेसम्म खुल्ने भएका छन् ।
साथै साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ । प्रशासनले १० वर्ष मुनि र ६० वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ ।
मोरङमा कोरोना संक्रमणका कारण हालसम्म १८ सय ५८ जना संक्रमित भएका छन् भने २३ जनाको मृत्यु भइसकेको छ ।















Discussion about this post