Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

यी हुन् झापामा जेनजी आन्दोलनमा तोडफोड गर्नेहरू, प्रहरीले सार्वजनिक गर्‍यो तस्बिर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०८२
in समाचार
0
यी हुन् झापामा जेनजी आन्दोलनमा तोडफोड गर्नेहरू, प्रहरीले सार्वजनिक गर्‍यो तस्बिर
73
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न व्यक्तिहरूको तस्बीर सार्वजनिक गर्दै प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सामाजिक सञ्जालमार्फत सीसीटीभी फुटेज र प्रत्यक्षदर्शी भिडियोका आधारमा अभियुक्तहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिने प्रक्रिया सुरु गरेको जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी, इलाका प्रहरी कार्यालय सुरुङ्गा, इलाका प्रहरी कार्यालय दमक, र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा भएको आगजनी, हातहतियार लुटपाट र पोशाक चोरी घटनामा संलग्नहरू पहिचान गर्न प्रहरीले तस्बिर सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिसीटीभी फुटेज र सामाजिक सञ्जालमा भाइरल भएका भिडिओका आधारमा अभियुक्तहरूको पहिचान गरिएको छ। अहिले पक्राउ कार्य तीव्र रूपमा भइरहेको उनले बताए ।

१४ जना पक्राउ, दुई गोलीसहित नियन्त्रणमा

प्रहरीका अनुसार हालसम्म झापा जिल्लाभित्रबाट १४ जना अभियुक्त नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकामध्ये बिर्तामोड–५ का नवराज राई, राजन चौधरी, आयूष धिमाल, कनकाई–१ का गोपाल सङ्ग्रौला, कनकाई–३ का विष्णु विक, शिवसताक्षी–१० का कुशल तिम्सिना र सञ्जय बस्नेत, बिर्तामोड–५ की पूजा मगर, अर्जुनधारा–७ का सुरज राई, दमक–३ का रियाज सिलवाल, इलाम चुलाचुली–३ का नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ का साजन ल्हागुन रहेका छन् ।

यसैबीच, प्रहरीले आज (बुधवार) थप दुई जना व्यक्तिलाई गोलीसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ चकचकीकी २७ वर्षीया इस्रप खातुन र बिर्तामोड–२ रामचोकका २२ वर्षीय विकास टुडु रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ५४ थान गोली बरामद गरेको जनाएको छ ।

यसअघि पक्राउ परेकाहरूविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार भदौ २४ गतेको आन्दोलनका क्रममा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

आन्दोलनका क्रममा लुटिएका ९९ थान हतियारमध्ये ७७ थान फिर्ता भइसकेका छन् भने २२ थान अझै फिर्ता हुन बाँकी छन् ।

प्रहरीले बाँकी हतियार र संलग्न व्यक्तिहरूको खोजीका लागि विशेष टोली खटाएको जनाएको छ ।

Tags: #झापाअपराधजेन–जी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    335 shares
    Share 134 Tweet 84
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.