इटहरी : इटहरी उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि तयार पारिएको ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको हो ।
उक्त पुस्तकले इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति र इतिहाससँग जोड्ने माध्यम बन्ने विश्वास गरिएको छ ।
उपमहानगरपालिकाले नयाँ ऊर्जा र प्रतिबद्धतासहित पाठ्यक्रम विकास कार्य अघि बढाएको हो। मेयर हेमकर्ण पौडेलले भने, ‘हाम्रा बालबालिकाले आफ्नै शहरलाई किताबमा पढ्न पाउनु शिक्षा विकास मात्रै नभई पहिचान निर्माण पनि हो। ‘इटहरी सेरोफेरो’ले विद्यार्थीहरूलाई गर्व, ज्ञान र जमीनसँगको सम्बन्ध एकैसाथ दिएको छ।’
स्थानीय इतिहासकार, शिक्षक, लेखक, विषयविज्ञ र समुदायको सुझाव संकलन गरी तयार गरिएको यो पुस्तक अब इटहरीका विद्यालयहरूमा नियमित रूपमा पढाइनेछ।














Discussion about this post