मोरङको सुन्दर हरैचा नगरपालिकामा एक १५ बर्षीया बालिकालाई बलात्कार गर्ने एक जना पूर्व भारतीय सैनिकलाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचा ४ का स्थायी घर भएका ५४ वर्षीय पूर्व भारतीय सैनिक उमेश नेपाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिएका छन् ।
पिडित बालिका नेपालकै घरमा विगत ४ वर्ष देखि कोठा भाँडा लिएर बस्दै आएकी थिइन् पिडित बालिकालाई २ वर्ष देखी पटक पटक नेपालले बलात्कार गरेको आरोप छ ।
पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय मोरङमा मङगलबार किटानी जाहेरी दिएका छन् ।
जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरिएको छ । पीडित पक्षले दिएको जाहेरीमा मर्निङवाकको बहानामा ४ बजेतिर लैजाने र होटल, बाटोमा समेत बलात्कार गर्ने गरेको र घटना कसैलाई भने ज्यान मार्ने धम्की दिएको पीडित पक्षको आरोप छ ।
२३ गते भने कोही घरमा नभएको मौका पारी कोठामा आएर जबरजस्ती करणी गरेपछि बालिका ठुलो स्वरले चिच्याए पछि छिमेकी र आमाले सुनेको बताइएको छ ।















Discussion about this post