Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘राष्ट्रिय मावि आइडल’को उपाधि अस्मिता, शिक्षा र कृजललाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १२, २०८२
in समाचार
0
‘राष्ट्रिय मावि आइडल’को उपाधि अस्मिता, शिक्षा र कृजललाई
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ‘राष्ट्रिय मावि आइडल’को उपाधि नृत्यतर्फ कक्षा १२ की अस्मिता पराजुलीले जितेकी छन् ।

यस्तै, गायन तर्फ कृजल रिजाल र साहित्यतर्फ शिक्षा भट्टराईले उपाधि जितेकी छन् ।

विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेको हो ।

शुक्रबार भएको अन्तिम फाइनलमा दर्शकको भोटका आधारमा नृत्यतर्फ पाँच जनालाई पछि पार्दै अस्मिताले उपाधि जितेकी हुन् ।

उनले ट्रफी र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । नृत्यतर्फ फस्ट रनरअप कक्षा १२ कै सिम्रन नेपाली र सेकेन्ड रनरअप कक्षा ९ का विनायक ढकाल भए । सिम्रनले ट्रफीसहित तीन हजार नगद र विनायकले ट्रफीसहित दुई हजार प्राप्त गरे ।

यस्तै, गायनतर्फ पाँच जनालाई पछि पार्दै कक्षा ६ का अध्ययनरत कृजलले उपाधि जितेका हुन् ।

उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । यस्तै, गायनतर्फ कक्षा ९ की वेजिना दाहाल फस्ट रनरअप भइन भने सेकेन्ड रनरअप कक्षा ११ की सुजाता तामाङ भइन् । वेजिनाले ट्रफिसहित नगद तीन हजार र सुजाताले ट्रफिसहित नगद दुई हजार प्राप्त गरिन् ।

यस्तै, साहित्यतर्फ ६ जनालाई पछि पार्दै कक्षा १० की शिक्षाले उपाधि जितेकी हुन् । उनले ट्रफी र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै, कक्षा ११ की करुणा खड्का सेकेन्ड रनरअप र कक्षा १२ की इसिका गेलाल सेकेन्ड रनरअप भइन् ।

करुणले ट्रफिसहित नगद तीन हजार र इसिकाले ट्रफीसहित नगद दुई हजार प्राप्त गरेको दिवा सत्रको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक युवराज काफ्लेले बताए ।

उपाधि विजेता छात्राछात्रलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, प्रधानाध्यापक सरनकुमार बस्नेतले नगद तथा ट्रफी प्रदान गरे । सो क्रममा दाताहरूलाई सम्मानसमेत गरिएको थियो ।

इटहरी उपमहानगरपालिका प्रमुश प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इटहरी वडा नं. १ का वडाध्यक्ष रतनकुमार कार्की, इटहरी वडा नं. १ का वडासदस्यहरू ज्ञानेन्द्र गौतम, हरिहर चौधरी, विष्णुमाया नेपालीसहित आमा समूह, विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावकलगायतको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक बस्नेतका अनुसार इटहरी क्षेत्रका सामूदायिक विद्यालयमध्ये पहिलोपटक यस्तो आइडल प्रतिस्पर्धा गरिएको हो ।

Tags: आइडलराष्ट्रिय माध्यमिक विद्यालयराष्ट्रिय मावि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1372 shares
    Share 549 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.