Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीको रामधुनीमा सिटी सफारी चालकको हत्या प्रकरण : ‘तन्त्र–मन्त्र’को डरले जन्मिएको संगठित अपराध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २२, २०८२
in समाचार
0
सुनसरीको रामधुनीमा सिटी सफारी चालकको हत्या प्रकरण : ‘तन्त्र–मन्त्र’को डरले जन्मिएको संगठित अपराध
275
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ का ४५ वर्षीय सिटी सफारी चालक दिनेश कुमार चौधरीको गोली हानी हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ ।

गत असोज २५ गते बेलुकी ०५ः२० बजेतिर रामधुनी २ कर्मनिया टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरूले गोली प्रहार गरी हत्या गरेको घटनामा ‘आपसी द्वेष र अन्धविश्वासले जन्माएको संगठित अपराध’ भएको प्रहरीको निष्कर्ष छ ।

पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ वर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ वर्षीय अंकित साह र राजबिराज ९ का २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन् ।

प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक चौधरीको हत्यापश्चात संलग्नहरू फरार थिए । प्रहरीले सुक्ष्म अनुसन्धान गरी घटनाको पहिचान गरेको हो ।

प्रारम्भिक अनुसन्धानले परिवारभित्रै महिनौँदेखि चलिरहेको तनाव, तन्त्र–मन्त्रको डर र स्थानीयस्तरमा बढ्दै आएको अन्धविश्वासकै आडमा योजनाबद्ध हत्या गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेका अनुसार चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएको कारण योजनाबद्ध रूपमा हत्या गरिएको उनीहरूले बयान दिएका छन् ।

खासगरी रामधुनी–१ का राजेश उर्फ राजकिशोर साह र नन्द किशोर साहले योजनाबद्ध रूपमा हत्या गरेका थिए ।

‘चौधरीले तन्त्रमन्त्र गरी लामो समयदेखि परिवारका सदस्यहरूलाई बिरामी बनाई दुःख, हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना बनाएर मोहमद इब्रान मिया लगायतका व्यक्तिहरूसँग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ,’ एसपी थेबेले भने, ‘घटनामा संलग्न रहेका उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा १२ दिनको म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।’

सातै जनाले प्रारम्भिक सोधपुछमा घटनामा संलग्नता स्वीकार गरेको थेबेले बताए ।

Tags: #सुनसरी#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.