मोरङ : मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको मंगलबार (आज) दिउँसो चिसाङ लोखरा घाटमा दाहसंस्कार गरिएको छ।
गत असोज २१ गतेदेखि बेपत्ता रहेकी गौतमको शव १८ दिनपछि जंगलमा विभत्स अवस्थामा फेला परेको थियो।
लामो अनुसन्धानपछि प्रहरीले उनको आफ्नै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई बलात्कारपछि हत्या गरेको आरोपमा गत शुक्रबार पक्राउ गरेको हो।
दोषीलाई नियन्त्रणमा लिएपछि मात्र शव बुझ्ने निर्णय गरेको परिवारले आज दाहसंस्कार सम्पन्न गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका अधिकारीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
यो पनि : मोरङमा १३ वर्षीया अंशु गौतमको हत्या प्रकरण : तीन महिनापछि छिमेकी पक्राउ














Discussion about this post