मोरङ : मोरङमा टिपरबाट माटो झार्ने क्रममा उच्च भोल्टेजको विद्युत् लाइन छोइँदा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ।
ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि, सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा शुक्रबार बिहान १० बजेतिर दुर्घटना भएको हो।
प्रहरीका अनुसार को १ ख ५०४९ नम्बरको टिपरको हाइड्रोलिक ११ हजार भोल्टको विद्युत् तारमा छोइँदा करेन्ट लागेर बूढीगंगा गाउँपालिका–१ का २२ वर्षीय श्याम ऋषिदेव गम्भीर घाइते भएका थिए।
उपचारका लागि अस्पताल लगिएका उनलाई अपरान्ह १२ः३० बजे मृत घोषित गरिएको हो।
टिपर चालक सुनसरीको दुहबी नगरपालिका–७ का ४५ वर्षीय भोजकुमार चौधरी सकुशल छन् । प्रहरीले उनलाई लिई घटनाको अनुसन्धान थालेको जनाएको छ।














Discussion about this post