झापाको शिवसताक्षी नगरपालिका ८ का ३५ बर्षीय महेन्द्र शर्माको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा घर छेउमै रहेको पानीमा करेन्टलगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका शर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको छ।
यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिल्झिले जनाएको छ ।















Discussion about this post