पाँचथरको फिदिममा रहेको निलकन्ठ भोकेसनल इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बाले आफ्नै विद्यार्थीलाइ बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।
सोहि स्कुलमा अध्ययनरत छात्रा स्कुलको छात्रावासमा बस्दै आएकी थिइन् । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्राले आफुमाथि प्रिन्सिपल सुब्बाले जबरजस्ती करणी गरेको भनेर उजुरी दिएपछि प्रहरीले सुब्बालाई पक्राउ गरेको हो ।
प्रिन्सिपल सुब्बाले होमवर्क सिकाउने भन्दै दुई सातादेखि अनैतिक व्यवहार गर्ने गरेको र भदौ २० गते जबरजस्ती करणी गरेको छात्राले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सुब्बालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको छ ।















Discussion about this post