Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तेस्रो इन्टर कलेज टी–२० टुर्नामेन्ट : आस्था कलेजको विजयी सुरुवात, नमुना सेमिफाइनलमा

गुरु ढकाल by गुरु ढकाल
पुस २३, २०८२
in खेलकुद, समाचार
0
तेस्रो इन्टर कलेज टी–२० टुर्नामेन्ट : आस्था कलेजको विजयी सुरुवात, नमुना सेमिफाइनलमा
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी : झापाको दमकस्थित आस्था कलेजले इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

बुधबार भएको पहिलो खेलमा आस्था कलेजले विराटनगरको महेन्द्र मोरङ क्याम्पसलाई ११ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत जितसँगै गरेको हो। समूह ‘डी’ मा रहेको महेन्द्र मोरङ क्याम्पसको यो हारसँगै सेमिफाइनल यात्रा कठिन बनेको छ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा १३ ओभरमा छोटाइएको खेलमा आस्था कलेजले प्रस्तुत गरेको ८५ रनको लक्ष्य पछ्याएको महेन्द्र मोरङ क्याम्पसले ९ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो।

महेन्द्र मोरङका आइन्स्टाइन रिजालले २१ र बियुस बस्नेतले १४ रन बनाए भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आस्था कलेजले १३ ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनाएको थियो। आस्थाका आर्यन स्वर्णले २७ र रुजल सुन्दासले अविजित १४ रनको योगदान दिए।

यस्तै, बुधबार नै भएको दोस्रो खेलमा नमुना कलेजले जनता बहुमुखी क्याम्पस, इटहरीलाई ५९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ मा रहेको नमुना कलेजको यो लगातार दोस्रो जित हो।

टस जितेर पहिले ब्याटिङ गरेको नमुना कलेजले १५ ओभरमा छोटाइएको खेलमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनायो। नमुनाका राजु विकले सर्वाधिक ६५ रन बनाए भने सक्षम ढकालले २१ रन जोडे।

जवाफमा १ सय २८ रनको लक्ष्य पछ्याएको जनता बहुमुखी क्याम्पस ११ दशमलव २ ओभरमै ६८ रनमा समेटियो।

जनता बहुमुखीका सुमन पौडेलले २२ र आभास गेलालले १३ रन बनाए भने ६ जना ब्याटर खाता नै खोल्न सकेनन्। नमुना कलेजका सुबित मेहताले ६ विकेट लिँदा प्रकाश कार्कीले २ विकेट हात पारे।

पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज सहभागी छन्। प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ।

प्रतियोगिताले कोशी प्रदेशका कलेजहरूबीचको क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जाइन्ट्सका अध्यक्ष भूपाल लुइँटेलले बताए।

Tags: #खेलकुदक्रिकेट
गुरु ढकाल

गुरु ढकाल

इटहरी निवासी ढकाल दुई दशकयता फोटो पत्रकारितामा सक्रिय छन् ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.