इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीले चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
२६ गते राती इटहरीमा रहेको द बर्गर हाउसको दोस्रो तल्लाको झ्यालवाट प्रवेश गरी ढोका फोडेर काउण्टरमा रहेको घर्रामा रहेको नगद ४३,०५३ बराबरको नगद चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरिएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा मोरङ बिराटनगर वडा नं. १ वस्ने वर्ष २५ कि निलम परियार र जिल्ला सुनसरी ईनरुवा वडा नं. ३ बस्ने वर्ष ३० कि आशा परियार र अन्य ६ जना गरी जम्मा ८ जना रहेका छन् ।
उनका अनुसार पक्राउ परेका आठै जनालाई जिल्ला अदालत सुनसरीमा म्याद थप गरी कारबाहीको प्रक्रिया अगाडि बढाईएको छ ।












Discussion about this post