धरान : धरान उपमहानगरपालिकाका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले पनि पदबाट राजीनामा दिएका छन् ।
उनले आइतवार साँझ उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिनका निम्ति भट्टराईले राजीनमा दिएका हुन् ।
भट्टराईलाई प्रचण्ड नेतृत्वको नेकपाले सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।
यससँगै उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग प्रतिस्पर्धा गर्ने निश्चितजस्तै भएको छ ।












Discussion about this post