Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभा सञ्चालनका लागि महानगर–प्रदेशसभा सचिवालयबीच सम्झौता, मासिक आठ लाख भाडा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १८, २०८२
in समाचार
0
कोशी प्रदेशसभा सञ्चालनका लागि महानगर–प्रदेशसभा सचिवालयबीच सम्झौता, मासिक आठ लाख भाडा
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशसभाको सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ ।

विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आइतबार महानगरपालिकामा आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन् ।

महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे सम्झौताको साक्षीका रूपमा रहेका छन् ।

सम्झौताअनुसार माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि वीरेन्द्र सभागृह प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ ।

सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ । भाडा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र महानगरलाई भुक्तानी गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

साथै, प्रचलित कानुनअनुसार लाग्ने अन्य कर प्रदेशसभा सचिवालयले नै व्यहोर्नेछ ।

सम्झौताको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । प्रदेशसभा सचिवालयले सम्झौता अवधि सकिनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिना अगावै सूचना दिनुपर्नेछ ।

त्यस्तै, महानगरपालिकाले सम्झौता अगावै अन्त्य गर्नुपर्ने अवस्था आएमा दुई महिना अगावै सूचना दिनुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।

प्रदेशसभा सञ्चालनका लागि महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह उपलब्ध गराइएकोमा प्रदेशसभा सचिव खड्काले महानगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा ध्वस्त भएको थियो ।
त्यसपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न भएको थियो ।

वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवनमा प्रदेशसभा सञ्चालनको तयारी गरिए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण असहज भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

Tags: कोसी प्रदेशप्रदेशसभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की
FEATURE BREAKING

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    728 shares
    Share 291 Tweet 182
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    351 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.