Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

ओखलढुङ्गामा वृद्ध दम्पत्ती हत्या प्रकरण : लुटपाटकै उद्देश्यले काठमाडौंबाट आएर निर्मम अपराध, दुई प्रतिवादी पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
in टाकुरा विशेष, समाचार
0
ओखलढुङ्गामा वृद्ध दम्पत्ती हत्या प्रकरण : लुटपाटकै उद्देश्यले काठमाडौंबाट आएर निर्मम अपराध, दुई प्रतिवादी पक्राउ
67
SHARES
Share on FacebookShare on Twitter

ओखलढुङ्गा : ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ बोहोरेमा गत माघ १२ गते राति भएको वृद्ध दम्पत्तीको जघन्य हत्या घटनामा संलग्न दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

लुटपाट गर्ने योजनासहित काठमाडौंबाट ओखलढुङ्गा पुगेका उनीहरूले ८१ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार चन्द्र विक्रम आफ्नै घरको दोस्रो तलास्थित सुत्ने कोठाको खाटमा सिरक ओढी मृत अवस्थामा फेला परेका थिए भने उनकी श्रीमती चन्द्रमाया खाट छेउको भुइँमा सिरक ओढिएको अवस्थामा मृत भेटिएकी थिइन्।

माघ १३ गते बिहान ७ः४० बजेतिर स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि हत्या सार्वजनिक भएको हो।

घटनाको गम्भीरता हेरेर कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट संयुक्त अनुसन्धान टोली खटाइएको थियो। थप प्राविधिक अनुसन्धान आवश्यक परेपछि केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत विज्ञ जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय बालकलाई पक्राउ गरेको हो। उनीहरूलाई माघ २३ गते काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित डेराकोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका धनबहादुर ओखलढुङ्गाकै चिशंखुगढी गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्।

प्रहरी अनुसन्धान अनुसार प्रतिवादीहरूले काठमाडौंमै लुटपाट गर्ने योजना बनाएका थिए। गाउँमा चिनिने डरले रातको समयमा वृद्ध दम्पत्तीको घरमा प्रवेश गरी हत्या तथा लुटपाट गरेका उनीहरू घटनापछि फरक बाटो प्रयोग गरी राति नै गाउँ छाडेर फरार भएका थिए।

भाग्ने क्रममा बस टिकट काट्दा समेत वास्तविक नाम लुकाई फरक नाम प्रयोग गरेको खुलेको छ। घटनास्थलबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको कोदालो बरामद गरेको छ।

यस्तै, प्रतिवादीहरूको कोठाबाट मृतकहरूले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएका मोबाइल, लुटिएको नगद, सुनका गहना, सिक्री, सिम माला लगायतका सामग्री बरामद गरिएको छ।

काभ्रेपलाञ्चोकको पनौतीस्थित आफन्तको डेराबाट मृतक चन्द्र विक्रम राईको मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद नगदमा विभिन्न दरका नेपाली नोटहरू रहेका छन्।

पक्राउ परेका दुवै प्रतिवादीलाई बरामद प्रमाणसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा पठाइएको छ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र थप तथ्यहरू खुल्ने प्रहरीले जनाएको छ।

Tags: #हत्याअपराधओखलढुङ्गाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    458 shares
    Share 183 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.