इटहरी : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई लक्षित गरी अनुशिक्षण तालिम सम्पन्न भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीमा आयोजित तालिममा निर्वाचनमा प्रहरीको भूमिका, निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्या, सुरक्षा दिनु पर्ने क्षेत्र, निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषय, हतियार ह्यान्डलिङ, निर्वाचन आचारसंहिता २०८२, सुरक्षा निकाय तथा सुरक्षाकर्मीले पालना गर्नुपर्ने आचरण, साथै निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति लगायतका विषय समेटिएका थिए।
प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले प्रशिक्षण तालिम प्रदान गरेका थिए भने कार्यक्रममा २५ जना ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।












Discussion about this post