इटहरी : तमुस्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा गुरुङ समुदायको पर्व ‘म्हां ङी त्हे (माङी पर्व)’ मनाइएको छ।
परिषद् सुनसरीकी अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उप-महानगरपालिकाकी उप-प्रमुख सङ्गीता कुमारी चौधरी प्रमुख अतिथि रहेकी थिइन्।
कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ लगायत विभिन्न तहका पदाधिकारी तथा सुनसरीभरिका तमुस्यो महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा नव–निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई खादामाला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
साथै, प्रदेश अध्यक्ष होम घले, सुनसरी जिल्ला अध्यक्ष दिलिप गुरुङ तथा केन्द्रीय पार्षद सदस्य वीरेन गुरुङलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले ‘म्हां ङी त्हे’ सात आमाहरूको सृष्टि दिवसको प्रतीक पर्व भएको उल्लेख गर्दै तमु भाषा, संस्कृति र मौलिक पहिचान संरक्षणमा सबैले एकजुट हुनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्य दिव्यराज गुरुङले जानकारी दिए।















Discussion about this post