Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

यस्तो छ रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाको बाचा पत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ११, २०८२
in समाचार
0
यस्तो छ रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाको बाचा पत्र
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका लालविक्रम थापाले बाचा–पत्र सार्वजनिक गरेका छन् ।

पार्टीले यस निर्वाचनलाई नागरिकको गुमेको विश्वास फिर्ता ल्याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन र सुशासनलाई केन्द्रमा राखेको जनाएको छ।

माटो परीक्षणको प्रभावकारी व्यवस्था, उन्नत बीउ–बिजन र मलको उपलब्धता, आधुनिक उपकरणको प्रयोग तथा किसानलाई उचित मूल्य सुनिश्चित गर्न इटहरी, झुम्का, इनरुवा र देवानगञ्जमा कृषि उपज बिक्री केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।

देवानगञ्ज–हरिनगर क्षेत्रमा आधुनिक भण्डारण केन्द्र निर्माण र प्रत्येक स्थानीय तहमा कृषि ल्याब स्थापना गर्ने पहलसमेत बाचा–पत्रमा समेटिएको छ।

सिँचाइ सुधारतर्फ सुनसरी–मोरङ सिँचाइ योजनाअन्तर्गत नहरहरूको पुनःअध्ययन गरी नियमित पानी प्रवाह सुनिश्चित गर्ने उल्लेख छ। तरहरा कृषि अनुसन्धान निर्देशनालय र झुम्का बिउ–बिजन प्रयोगशालाको स्तरोन्नतिबाट प्रविधिमैत्री कृषि विकासमा जोड दिइने जनाइएको छ।

स्वास्थ्य सेवातर्फ देवानगञ्जमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालन, सबै स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार तथा इनरुवा जिल्ला अस्पताललाई सिटी स्क्यान र आईसियु सहितको विशिष्टिकृत केन्द्रमा विकास गर्ने योजना अघि सारिएको छ।

यसैगरी पूर्वाधार विकास अन्तर्गत इनरुवा–कौवाखोज सडक चार वर्षभित्र सम्पन्न गर्ने, दुहबीदेखि इनरुवा शान्ति चोकसम्म चारलेन सडक निर्माणका लागि पहल गर्ने, इटहरीमा रिङ रोड निर्माण र स्थानीय सडक स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बाढी तथा डुबान न्यूनीकरणका लागि तटबन्ध निर्माण, फोहोर प्रशोधन केन्द्र स्थापना र स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

पर्यटन प्रवर्द्धनतर्फ रामधुनी मन्दिर लाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरी रामायण सर्किटमा समावेश गर्ने योजना छ।

साथै रास ताल, शङ्करबेली ताल, प्रेम ताल, बबिया पोखरी र कमल पोखरीलाई आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरिएको छ। वनजङ्गल र वन्यजन्तुको संरक्षण गर्दै खुला चिडियाखाना अवधारणामार्फत पर्यटन र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

सुशासनतर्फ सबै सरकारी सेवाहरूलाई छरितो, पारदर्शी र जनउत्तरदायी बनाइने, प्रत्येक तीन महिनामा नागरिक संवाद र वार्षिक सार्वजनिक सुनुवाइ गरिने प्रतिबद्धता जनाइएको छ।

भूमिहीन परिवारलाई सुरक्षित आवास, महिला हिंसा नियन्त्रण, अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण र ‘सक्षम छोरी’ कार्यक्रममार्फत समावेशी समाज निर्माणमा जोड दिइएको छ।

रास्वपाले सुनसरी–२ लाई समृद्ध, सुरक्षित र अवसरमूलक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित निर्वाचनमा जाने स्पष्ट पारेको छ।

कार्यक्रममा कार्यवाहक सभापति तथा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन) को उपस्थिति रहेको थियो। उनले जनअपेक्षा अनुसार इमानदार र पारदर्शी राजनीतिक अभ्यास आवश्यक रहेको बताउँदै नयाँ राजनीतिक संस्कार निर्माणमा जोड दिइन्।

रास्वपा कोशी प्रदेश कोषाध्यक्ष चन्द्र राईले आर्थिक पारदर्शिता, उत्तरदायित्व र संगठन सुदृढीकरणमार्फत जनविश्वास जित्ने अभियानमा पार्टी प्रतिबद्ध रहेको धारणा राखे।

 

 

Tags: रास्वपालालविक्रम थापा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव
FEATURE BREAKING

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम सुनसरी जिल्ला अधिवेशनमा मतदान अधिकार कटौती गरिएको आरोपपछि विवाद उत्पन्न भएको छ। कोशी गाउँपालिका–१...

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन
पर्यावरण

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” सफलतापूर्वक सम्पन्न भएको छ।...

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

जेष्ठ २३, २०८३
चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

जेष्ठ २३, २०८३
मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.