इटहरी : इटहरी उपमहानगरपालिकाले मतदान केन्द्र तोकिएका विद्यालयमा फागुन १८ गते एक दिन अतिरिक्त बिदा दिने निर्णय गरेको छ। उक्त बिदा स्थानीय बिदाबाट कट्टा हुने गरी प्रदान गरिएको हो।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रमेशकुमार शाहले जारी गरेको सूचनाअनुसार अधिकांश विद्यालयमा मतदान केन्द्र स्थापना गरिएकाले तथा शिक्षकहरू मतदान कार्यमा खटिनुपर्ने भएकाले एक दिन कक्षा सञ्चालन स्थगित गरिएको हो।
यससँगै इटहरीका धेरै विद्यालयमा लगातार पाँच दिनसम्म पठनपाठन प्रभावित हुने देखिएको छ।
फागुन १९ गते फागुपूर्णिमाको सार्वजनिक बिदा रहेको छ भने नेपाल सरकारले निर्वाचन आयोगको सिफारिसमा फागुन २० देखि २२ गतेसम्म निर्वाचन लक्षित सार्वजनिक बिदा यसअघि नै घोषणा गरिसकेको छ।
विद्यालय प्रशासनहरूका अनुसार परीक्षा नजिकिएका कक्षाहरूको शैक्षिक तालिका व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्नेछ। केही विद्यालयले वैकल्पिक रूपमा अनलाइन असाइनमेन्ट वा अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।




















Discussion about this post