मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खण्डमा भेटिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ।
अपरान्ह करिब १२ः१५ बजे सडकको उत्तर साइडमा कालो टेपले बेरेको र बाहिर कालो तार निकालिएको अवस्थामा सानो डल्लो भेटिएपछि स्थानीयमा त्रास फैलिएको थियो।
घटनाबारे सूचना पाएलगत्तै सुरक्षाकर्मी र नेपाली सेना को बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। डिस्पोज गर्ने क्रममा उक्त वस्तु बम नभएको पुष्टि भएको हो।
प्रहरीका अनुसार रंगको बट्टालाई टेपले बाँधेर सडकमा फालिएको पाइयो। वस्तु बम नभएको यकिन भएपछि सुरक्षा टोली घटनास्थलबाट फर्किएको छ।
घटनापछि केहीबेर आवागमनमा सतर्कता अपनाइएको थियो भने अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।












Discussion about this post