प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै अंश दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले हालेको मुद्दा फिर्ता लिएकी छिन् ।
आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई यौन दुर्व्यवहारको आरोप लगाएको भन्दै खड्काले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।
आफूलाई विपक्षी शेरधन राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।
मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी खड्काले बुधबार जिल्ला अदालतसमक्ष गरेको कागजमा भनेकी छिन्, ‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो ।’
















Discussion about this post