इटहरी : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी जिल्लामा कुल ५ लाख ८० हजार ९४५ मतदातामध्ये ३ लाख ६९ हजार ६०० मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यो कुल मतदाताको करिब ६३ दशमलव ६ प्रतिशत हो।
क्षेत्रगत विवरणअनुसार सबै निर्वाचन क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ।
क्षेत्रगत विवरण अनुसार निर्वाचन क्षेत्र–१ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ । यसैगरी निर्वाचन क्षेत्र–२ मा १ लाख ५८ हजार ९०१ मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको छ ।
यस्तै, निर्वाचन क्षेत्र–३ मा १ लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको छ । यसैगरी निर्वाचन क्षेत्र–४ मा १ लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको छ ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ। केही स्थानमा बिहान सामान्य ढिलाइ भए पनि समग्रमा मतदान प्रक्रिया सहज र व्यवस्थित रहेको जनाइएको छ ।
अब मतगणना प्रक्रिया आजै रातिबाट सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।















Discussion about this post