झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् ।
काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहेका शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।
ओलीलाई शाहले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले ओलीले पराजित गर्दै विजयी भएका थिए ।















Discussion about this post