इटहरी : सुनसरी क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपक कुमार साह अग्रपंक्तिमा रहेका छन्।
पछिल्लो मत परिणाम अनुसार साहले २० हजार ६१२ मत प्राप्त गरेका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ७ हजार ३७१ मत प्राप्त गरे ।
यसैगरी नेकपा एमालेका जगदीश प्रसाद कुशियैतले भने ४ हजार २६४ मत मात्र प्राप्त गरे । उक्त क्षेत्रमा यसअघि दुईपटक कांग्रेसका कार्की विजयी भएका थिए ।














Discussion about this post